FAQs Complain Problems

विनयी त्रिवेणी गाउपालिकाको संक्षिप्त परिचय

विनयी त्रिवेणी गाउपालिका  नेपालको गण्डकी प्रदेश ,नवलपरासी बर्दघाट सुस्ता पुर्वमा अवस्थित छ | नेपाल  सरकार मन्त्रि परिषद्को मिति २०७३ फाल्गुन २७ गतेको निर्णयले दुम्किबास गा.वि.स, बेनिमणिपुर गा.बि.स ,धुरकोट (६ वटा वडा) ,राकाचुली (४ वटा वडा) र त्रिवेणी सुस्ता (२  वटा वडा) गा.वि.स हरु मिलाएर "विनयी त्रिवेणी गाउपालिका" घोषणा गरिएको हो | २८८.०६ वर्ग कि.मि छेत्रफल वोगटेको यस गाउपालिकामा करिब ३८,३७० जनसंख्या बसोबास गर्ने गर्छन |

नेपालको पुर्व देखि पश्चिमसम्म फैलिएको महेन्द्र राजमार्ग यस गाउपालिकाको मुख्य राजमार्गको रुपमा रहेको छ |  यस गाउपालिकाको सिमानामा पुर्वतर्फ मध्यबिन्दु नगरपालिका र पश्चिमतर्फ बर्दघाट नगरपालिका रहेको छ | यस गाउपालिकामा नेपालकै ठुलो सिमेन्ट उद्योग  "होंगशी शिवम सिमेन्ट "उद्योग अवस्थित छ ।  यस गाउपालिकाको अन्य बिशेषताका रुपमा श्री दाउन्ने देवी मन्दिर,त्रिवेणीको गजेन्द्र मोछधाम ,मदरबाबा  तिर्थस्थल  रहेका छन,जसले आन्तरिक तथा बाहय तिर्थालु भक्तजनहरुलाई आकर्सण गर्ने गरेको छ |यस गाउपलिकामा विभिन्न जातजातिहरु जस्तै ब्राह्मण,छेत्री,मगर,थारू,गुरुङ,तामांग,नेवार,कुमाल ,परियार, बिश्वकर्मा , आदि बसोबास गर्छन| यस्तै यस क्षेत्रको मुख्य चाडपर्वको रुपमा दशैं,तिहार, लोह्सर,माघी,होलि,आदि रहेको छ |

सम्पर्क विवरण

ठेगाना : दुम्किबास ,विनयी त्रिबेणी -२ नवलपरासी बर्दघाट सुस्ता पूर्व

जिमेल: ito.binayitrivenimun@gmail.com

इमेल: info@binayitribenimun.gov.np

सम्पर्क न : ०७८४१६१८२ ,०७८४१६१८५ ,९८४७००६८०२

Youtube