समाचार
दाउन्ने सडक निर्माण सम्बन्धि बैठक
मिति २०८२/७/१६ गतेका दिन विनयी त्रिवेणी गाउँपालिकाको सभा हलमा दाउन्ने सडक निर्माण सम्बन्धि विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष श्री धनश्याम गिरी ज्यूको अध्यक्षतामा एवं प्रमुख जिल्ला अधिकारी श्री भविश्वर पाण्डे ज्यूको प्रमुख आर्तिथ्यतामा बैठक बसि निमार्णधीन दाउन्ने सडक खण्डको विषयमा छलफल गरियो।सो बैठकमा पालिका उपाध्यक्ष भगवती वैदवार क्षेत्री ज्यू,प्रहरी उपरीक्षक श्री युवराज खड्का ज्यू, सशस्त्र प्रहरी नायव उपरिक्षक, श्री लक्ष्मण वराल ज्यू साथै यस क्षेत्रका जनप्रतिनिधि ,निमार्ण कम्पनीका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।उक्त बैठकले निमार्णधीन सडक सहज ढंगले सुचारू गरि निमार्णको कामलाई तीव्रताको साथ अगाडि बढाउनको लागि निमार्ण कम्पनीलाई आवश्यक पहल गरेको छ।।
आर्थिक वर्ष:
सम्पर्क विवरण
ठेगाना : दुम्किबास ,विनयी त्रिबेणी -२ नवलपरासी बर्दघाट सुस्ता पूर्व
जिमेल: ito.binayitrivenimun@gmail.com
इमेल: info@binayitribenimun.gov.np
सम्पर्क न : ०७८४१६१८२ ,०७८४१६१८५ ,९८४७००६८०२





